वीरगञ्जमा गोली चल्यो, चारजना घाइते
वीरगञ्जमा तनाव,
नेपालगञ्जमा पनि प्रदर्शन
- भूषण यादव, वीरगञ्ज
आश्विन ३, २०७२- कर्फ्यु तोडेर प्रदर्शनकारीहरु सहर प्रवेश गर्न खोजेपछि वीरगञ्जमा तनाव उत्पन्न भएको छ । गाउँ क्षेत्रबाट आएका प्रदर्शनकारीले घन्टाघर क्षाेत्रबाट सहरमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागी २ जना घाइते भएका छन् ।
माइस्थानमा गोली लागी घाइते भएकालाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल लगिएको छ । छपकैया, नगवा र मुरली क्षेत्रमा पनि अहिले नाराबाजी भइरहेको छ ।
नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोकिरहेका छन् । घन्टाघरमा प्रहरीले लाठी चार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर नेपाल प्रहरीका इन्स्पेक्टर शेख अदालतसहित ३ प्रहरी घाइते भएका छन् ।
नेपालगञ्जमा पनि प्रदर्शन
नेपालगञ्जमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । मुखमा कालोपट्टि बाँधेर उनीहरुले प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध नाराबाजी गरेका छन् ।
kantipur.ekantipur
