कोमल वलीलाई स्टेजमै किस !



बुधबार, ३० भदौ
 काठमाडौ । नेपाली महिलाहरुको महान चार्ड तीज कार्यक्रमको लागी युरोप भ्रमणमा रहेकी अविवाहित गायिका कोमल वलीलाई कन्सर्टको क्रममा स्टेजमै उक्लिएर एक विदेशी उनलाई पुरुषले किस गरिदिए ।
  स्टेजमै वलीलाई ‘आई लभ यू’ समेत भने । वलीले पनि आफ्नो फ्यानले माया गर्ने प्रस्तावलाई नकार्न सकिनन् । र उनले पनि ‘आई लभ यू टू’ भनिदिइन् ।

 स्पेनको बार्सिलोनामा एक सांगितिक कार्यक्रममा उनले गीत गाइरहँदा पुरुष फ्यानले किस गरेका हुन् । कोमल वलीलाई ति पुरुषले किस गरेको प्रसंग पल्लिोपटक निकै चर्चामा पनि छ ।
वलीले यस्तो भनेपछि ति पुरुष हौसिएर अचानक लम्किएर गालैमा किस गरिदिए । त्यो पनि तीन पटकसम्म ति पुरुषले वलीको गालामा किस गरेका थिए ।
 तर, वलीले भने आफ्ना सुभचिन्तकले यस्तो गरेको प्रसंगलाई नकारात्मक रुपमा नलिएको बताएकी छिन् । यस्तो घटनालाई दर्शकले आफूलाई सम्मान गरेको रुपमा लिएको बताएकी छिन् ।प्रतिउत्तरमा कोमल वलीले भने ति पुरुषसँग हात मिलाएर नमस्ते गरेको बताएकी छिन् ।
 युरोपका विभिन्न चार देशको सांगितिक भ्रमण सकेर स्पेनमा सांगितिक प्रस्तुती दिने क्रममा यस्तो घटना भएको हो । स्पेनपछि युरोपकै जर्मनी, स्विडेन, नेदरल्याण्डलगायत देशमा उनी सांगितिक प्रस्तुतीको तयारीमा छिन् ।

,

news and entertainment