सीमा नाका बन्द गर्ने भारतको संकेत
काठमाडौँ, असोज ५ । नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भारतले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषमपरिस्थिति सामुमा आएको भन्दै गैरकूटनीतिक सन्देश सार्वजनिक गरेको छ ।
नेपालका लागि भारतीय राजदूत रणजित राय सामबार बिहान दिल्ली उत्रिएपछि दिनभर विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा नेपाल मामिलामा परामर्श भएपछि अपराह्न जारी विज्ञप्तिमा चेतावनीयुक्त संकेतसहित सीमावर्ती क्षेत्रमा देखिएको तनावबारे नेपाली राजनीतिक नेतृत्वलाई बारम्बार सजग गराइएको स्मरण गराइएको छ ।
भारतले बिहार राज्यमा असोज २५ देखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको सन्दर्भ जोड्दै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्तिमार्फत सचेत गराइएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
