सिन्धुपाल्चोकमा दुई प्रहरीबीचको झडपमा गोली चल्दा एक प्रहरीको मृत्यु
सिन्धुपाल्चोक, असोज ५ । सिन्धुपाल्चोकमा सोमबार राती दुई प्रहरीबीचको झडपमा गोली चल्दा एक प्रहरीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको ठोर्कपा प्रहरी चौकीमा प्रहरी जवान रेशम बहादुर थापा र प्रहरी जवान अशोक बरालबीचको झडपमा रेशम बहादुर थापाले चलाएको गोली लागेर अशोक बरालको घटनास्थलमै मृत्यु भएको हो ।
थापाले आफूसंग रहेको राइफलबाट एक राउण्ड गोली प्रहार गरेका थिए । थापालाई नियन्त्रणमा लिइएको छ भने घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
