भारत विरुद्ध बोल्दा प्रचण्डमाथि आङकाजीका ५ आरोप
६ भदौ, काठमाडौं ।
भारतले नेपालको संविधान जारी गर्दा पनि भारतले स्वागत नगरेपछि भारतीय नेतालाई एमाओवादीका अध्यक्ष प्रचण्डले सैनिक मञ्च टुडिखेलबाट दिएको खुला चुनौती दिएर चर्चामा छन् ।
भारतसँग कुनै हालतमा नझुक्ने र नेपाली नेता भारतको ‘एस म्यान’ बन्न नसक्ने भनेका प्रचण्डमाथि जनजाति महासंघका पूर्व महासचिव तथा विवादित ब्यक्तित्व आङकाजी शेर्पाले गम्भिर आरोप लगाएका छ
उनले प्रचण्डमाथि भारतमै लुकेर १३ हजार नेपालीको हत्या गरेको, भारतीय नेता भेट्न होटलमा लाइन लागेको, सस्तो लोकप्रियता पाउन बोलेको, छिमेकीलाई गाली गर्नु राष्ट्रघात भएको भन्दै गम्भिर आरोप लगाएका हुन् ।
फेसबुकमा उत्तेजित कुरा राखेको भन्दै पक्राउ परेका आङकाजी शेर्पालाई अदालतले गत साता मात्र धरौटीमा रिहा गर्ने आदेश दिएको थिय
केही समय अघि एमाओवादी अध्यक्षका प्रचण्डलाई हत्या गर्नु पर्ने अभिब्यक्ति दिएर गृहमन्त्रालयको समेत ध्यान तानेका विवादास्पद आङकाजी शेर्पाले एक दिन अघि मात्र गृहमन्त्री बामदेव गौतमलाई मृत्यु दण्ड दिने घोषणा गरेका थिए ।
