भैरहवा नाकामा झडप, भारतीय भूमिबाट ढुंगामुढा
१२ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकामा भारतीय सीमाबाट नेपालतर्फ ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको छ । अहिले भारतीय भूमिबाट नेपाल सरकार विरूद्ध नाराबाजी भैरहेको छ ।
मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु नाकामा धर्नामा बस्ने कार्यक्रम थियो । सो कार्यक्रममा सहभागी हुन त्रिपाठी विहान ९ बजेको पहिलो उडानबाट काठमाडौंबाट भैरहवा पुगिसकेका थिए। मोर्चाका कार्यकर्ताहरु पनि नाका वरपर जम्मा भएका थिए ।
