‘हामीलाई दुःख दिने भारतले ठूलो क्षति ब्योहोर्नुपर्छ’ गगन थापा

ठमाडौं, १२ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिक्रिया जनाउनुभएको छ ।

मंगलबार सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता थापाले नाकाबन्दी फिर्ता नलिए भारतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो ।
नेता थापाले भन्नुभएको छ-‘संसारकै ‘ठूलो लोकतन्त्रको’ सानो छिमेकीसँगको यस्तो तुच्छ व्यवहारले हामीलाई सानो दुख हुन्छ, तर अन्ततःठूलोले नै ठूलो क्षति ब्योहोर्नुपर्छ ।’
नजिकको छिमेकी हुँ भन्दै भारतले नेपालीमाथि तुच्छ व्यवहार गर्नु निन्दनीय कदम भएको उहाँको ठहर छ । नेपालमा संविधान जारी भएदेखि असन्तुष्ट भारतले विभिन्न वहाना बनाएर नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आइरहेको छ ।

,

news and entertainment