केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने खेल यसरी सुरु भो, तगारो बाबुराम !


काठमाडौं, ४ असोज । संविधानसभाबाट संविधान घोषणा भएपछि बन्ने नयाँ सरकारमा सहभागी हुनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेता आतुर देखिएपनि सोही पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले भने सत्ताको फोहरी खेलामा आफ्नो पार्टी पर्न नहुने बताएका छन् ।

 संविधानसभााबट संविधान घोषणा गर्नु अघिल्लो दिन व्यवस्थापिका संसदको बैठक अन्त्य गर्नु सत्ताको भागबन्डा मिलाउन लागि समय खोजिएको रुपमा उनले ब्याख्या गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
 मस्यौदा समितिमा व्यवस्थापिका संसद नरहेको अवस्थामा संसद बोलाएको सात दिन भित्रमा प्रधानमन्त्री चयन गर्ने व्यवस्था थपिएको छ, त्यो आफैँ संविधानको उल्लंघन हो, भट्टराइले भनेका छन् ।

,

news and entertainment