सिरियामा जारी द्वन्द्व अन्त्यलाई लिएर राष्ट्रसंघीय महासभामा शक्तिराष्ट्र विभाजित

सिरियामा जारी द्वन्द्व अन्त्यलाई लिएर संयुक्त राष्ट्रसंघीय महासभामा विश्वका शक्ति राष्ट्रहरु विभाजित भएका छन् । अमेरिका र फ्रान्सले सिरियाका राष्ट्रपति बशर अल असादले सत्ता छाड्नु पर्ने अडान दोहोर्‍याएका छन् भने उनको बहिरगमन ठूलो गल्ति हुने रुसको भनाई छ । असादसंगको सहकार्य विना इस्लामिक विद्रोही समूह आइएससंग लड्न नसकिने रुसको भनाई छ ।

महासभालाइ सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाको द्वन्द्व अन्त्यका लागि शक्ति राष्ट्रहरुबीच सम्झौता आवश्यक रहेको बताउनुभयो । सिरियाको समस्या समाधानका लागि अमेरिका रुस र इरानसंग सहकार्य गर्न समेत तयार रहेको उहाँको भनाई थियो ।
रुसी राष्ट्रपति पुटिनले भने सिरियाली सरकार र उसको सैन्य शक्तिसंगको सहकार्य विना त्यहाँ जारी द्वन्द्व अन्त्य गर्न नसकिने बताउनुभएको छ । महासभाका क्रममा अमेरिकी राष्ट्रपति ओबामालाई भेटेर पुटिनले आइएस विरुद्धको हवाई कारवाहीमा सहमागि हुन आफ्नो मूलुक इच्छुक रहेको समेत बताउनुभएको बीबीसीले जनाएको छ । तर सो हवाई कारवाहीमा संयुक्त राष्ट्रसंघको समर्थन हुनुपर्ने उहाँको भनाई थियो ।

,

news and entertainment