भारतीयको खाना खाँदै महतो रातभर सीमाको धर्नामा सक्दो शेर गरौ
मुलुकै मुख्य नाका रक्सौल वीरगन्जको सीमामा आयोजित धर्ना पाँचौ दिन पनि जारी रहेको छ।
संयुक्त लोकतान्त्रिक र संघीय मधेसवादी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी बिहीबारदेखि सुरु गरेको धर्ना सोमबार पनि जारी छ। दुवै मोर्चाका कार्यकर्तासँगै नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द महतो पनि धर्नामा बसिरहेका छन्।
नाकामा धर्ना दिएका कारण प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका पूर्ण ठप्प छ। आन्दोलनकारीहरु दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका छन्। मोर्चाका सयौं कार्यकर्ता बिहिबार नाकामा भेला भएर धर्नासुरु गरेका थिए।
बिहिबार सीमाको अवस्था तनावपूर्ण भएपनि शुक्रबारदेखि स्थिति समान्य रहेको छ। बिहिबार पछि अन्य दिन प्रदर्शनकारी र प्रहरी सयमीत देखिएका छन्। राजविराजको बैठकपछि मोर्चाले वीरगञ्ज, विराटनगर र सुनौली नाकाबाट माल बस्तुको आयात ठप्प पारी सरकारलाई आफ्ना मागमा दबाब दिने रणनीति लिएको हो।
