प्रेम पस्ताव त कति आए कती तर आर्यन सिग्देलसँग डेटिङ जान मन छ .शोभा
माेरंग ११ असाेज / काठमाण्डौ गोगंबुकी मोडल शोभा भण्डारी । नेपाली मोडलिङ क्षेत्रमा एक वर्ष अघि मात्रै प्रबेश गरेकी उनी छोटो समयमै सफलता हात पार्न सफल भएकी छन् । हालसम्म ९ वटा म्युजिक भिडियो र दुई वटा सट मूभिमा अभिनय गरेकी मोडल शोभा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रखला हर्के हवल्दारमा मैनाको रुपमा समेत अभिनय गरिरहेकी छन् ।
सानैदेखी मोडल बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएकी उनी साथीभाई र परिवारको प्रेरणाले झनै उत्साहित छिन् । मोडलिङ क्षेत्रमा लागेको एकवर्षको अनुभव सुनाउँदै उनले भनिन् – यस क्षेत्रमा लागिपर्यो भने नाम पनि छ अनि दाम पनि ।
उमेरले ठुलो भएपनि नायक आर्यन सिग्देलसँग डेटिङ जान मन रहेको बताउँदै शोभाले भनिन् – कसैले डेटिङको प्रस्ताव राखे सोच्न बाध्य हुने बताईन् । सेक्स सबैको जिवनमा अनिवार्य रहेको उनकाे धारणा छ । अहिलेसम्म कसैको पनि मायाप्रेममा नफसेकी बताउने उनलाई उमेर नै यही समयको भएको बताउँदै प्रेम प्रस्तावको भने ओईरो लाग्ने बताउँछिन् । उनी भन्छिन् – अहिले करियर बनाउनमै ब्यस्त रहेको छु , प्रेमतिर त ध्यानै छैन ।
प्रस्तुती : सुमन घिमिरे
तस्विर – गोपाल चित्रकार
