भारतको अर्को चेतावनीयुक्त विज्ञप्ति : के छ चेतावनि पढ्नुहोस

काठमाडौं – नेपालमा संविधान जारी भएलगतै त्यसको स्वागतभन्दा पनि चेतावनीपूर्ण विज्ञप्ति निकालेको भारतले सोमबार पुनः अर्को त्यस्तै आशयको विज्ञप्ति जारी गरेको छ । आजको विज्ञप्तिपछि भारत हुँदै नेपालमा हुने आपुर्तिमा समस्या हुन सक्ने अड्कल काटिएको छ । विज्ञप्तिमा तराईमा जारी तनावका कारण ढुवानी गर्ने कम्पनीहरुले असुरक्षित महसुस गरिएको रहेको ढुवानीमा अप्ठ्यारो भइरहेको गुनासो गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा संविधान जारी भएपछि पनि भारतीय सीमा क्षेत्रमा भइरहेको तनाव र

हिंसात्मक घटनालाई लिएर भारत चिन्तित रहेको बताइएको छ । आफूले बारम्बार नेपालको राजनीतिक नेतृत्वलाई तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरे पनि त्यसको वेवास्ता गरिएको उल्लेख छ । यदी समयमा नै हामीले भनेको सुनेको भए यस्तो गम्भिर परिस्थितिलाई रोक्न सकिन्थ्यो, विज्ञप्तिमा उल्लेख छ । भारतले विज्ञप्ति मार्फत तराईमा देखिएको समस्या राजनीतिक समस्या भएको भन्दै त्यसको समाधान बलले भन्दा पनि संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएको छ । हामी अझै पनि नेपालको राजनीतिक नेतृत्वले अहिले देखिएको तनावको कारक तत्वलाई प्रभावकारी ढंगले समाधान गर्नेछ ।

,

news and entertainment