तपाइको आजको राशिफल हेर्न यो लिंकमा थिच्नुहोस
मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सम्बन्ध र दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,धैर्यता कायम गर्न कठिन हुदा काममा बिध्न आउन सक्ने देखिन्छ,सवारी साधनको प्रयोगमा चनाखो रहनुहोला,आजको दिनमा सकभर आर्थिक लेनदेन नगर्नु उत्तम हुनेछ,गुप्तरोगले दुख दिन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय नम: योमन्त्र जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।
तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
क्षणिक भन्दा दिर्घकालिन सोच र योजानाको साथ अगाडी बढ्नको लागि उचित समय देखिन्छ, निरन्तर प्रतिफल आइलाग्ने काममा लगानी गरिनेछ,आखा र घाटिसंग सम्बन्धि समस्याले सताउन सक्छ,बहुमुल्य गहना उपहार स्वरूप प्राप्त हुन सक्छ, बोलीको प्रभाब बढ्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग कालो हो भने कुनै कामको प्रारम्भ गर्नु पुर्ब हनुमानको दर्शन तथा स्तोत्र पाठ गरेर अगाडी बढे सफल भइनेछ।
वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेम सम्बन्धमा सुधार आउनेछ भने मायाको गाठो अझै कसिलो बन्नेछ,नया बाहन तथा यान्त्रिक सामानको खरिद गर्ने समय छ,पठन पाठनमा मन्दी छाउनेछ,ब्यापारी बर्गको लागि निकै फाइदाजनक समय रहनेछ,खुट्टामा भने चोटपटकको भय रहनेछ,आजको लागि शुभ अंक ७,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन उत्साहजनक रहनेछ,साथि भाइ र आफन्त संगको भेटघाटमा रमाईनेछ,मनपरेको बस्तु प्राप्ति र मिष्ठान्न भोजन गर्ने अवसर पाइनेछ,सहयोगीहरुको साथले रोकिएका कामहरु पुरा गरिनेछ, नया काम हात लाग्न सक्छ,आजको दिन केहि हलुका र उर्जाशील रहला, आजको लागि शुभ अंक १,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जपेर अगाडी बढे सफल भइनेछ।
मिथुन (Taurus) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शत्रु पक्ष संग मुकाबिला गर्न सक्ने शक्तिको बिकास हुनेछ,काम बिगार्ने तत्व सक्रिय रहनाले सफलता पाउन केहि बिलम्ब हुन सक्ने देखिन्छ,गोपनियता राख्नुहोला,लड्ने चोटपटक लाग्न सक्ने हुदा यात्रामा साबधानी रहनुहोला, आफन्तको सहयोग प्रसस्ती मिल्नेछ,आजको लागि शुभ अंक ८,शुभ रंग गाढा रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब सुर्य भगवानको दर्शन पूजा गरेर अगाडी बढे शुभ हुनेछ।
धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
खर्च विवाद र अस्वस्थताले आज निकै सताउन सक्छ,नजिकका व्यक्तिबाट खासै सहयोग नामिलेता पनि भावनात्मक नाताका व्यक्तिबाट निकै साथ सहयोग मिल्ने देखिन्छ, पारिवारिक समस्याले सताउनेछ, पारिवारिक सम्बन्धमा केहि असन्तुष्टि देखिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग कालो हो भने कुनै कामको प्रारम्भ गर्नु पुर्ब हनुमानको दर्शन तथा स्तोत्र पाठ गरेर अगाडी बढे सफल भइनेछ।
कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साहित्यिक कार्यमा लाग्नेहरुकोलागी निकै व्यस्त दिन रहनेछ,अग्रजहरु संगको भेटघाटले नया उत्साह प्रदान गर्नेछ,नया कपडा तथा गरगहनाको लाभ हुनेछ,सन्तान बाट अपेक्षा भन्दा केहि बढी खर्च हुने देखिन्छ,पेटको समस्याले सताउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (Capricorn) (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सरकारी काममा सहजता आउनेछ,केहि झन्झट भएता पनि लगानी गर्नको लागि उचित समय देखिन्छ, धनार्जन संगै मनमा प्रशन्नता बढ्नेछ,विशिष्ट व्यक्तिको बिस्वासिली पात्र बन्न सकिनेछ,उच्चपदस्थ व्यक्तिको सहयोग मिल्नेछ,पढाई लेखाईको क्षेत्रमा प्रगति हुनेछ,आजको लागि शुभ अंक १,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जपेर अगाडी बढे सफल भइनेछ।
सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त संगको सम्बन्धमा प्रतिकुलता आउन सक्ने देखिन्छ,आज सुखमा केहि कमि आउनेछ,स्वास्थ्यले खासै साथ नदिने देखिन्छ,माता पिताको स्वास्थ्यमा कमजोरी आउन सक्छ,काम गर्दा गर्दै पनि आलोचित रहनु पर्नेछ,छर-छिमेक संगको सम्बंधमा कटुता आउन सक्छ,खराब सोचलाई त्याग्नुहोला,आजको लागि शुभ अंक १,शुभ रंग नीलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ईष्टदेवताको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक मान सम्मान बढ्नेछ,नेतृत्व तहमा सहभागी भई कार्य सम्पादन गर्ने अवसर जुट्नेछ, नोकरीमा त्कृष्ट काम पुरा गरि स्याबासी पाइनेछ,असल सोच र मित्रका साथअगाडी बढ्नुहोला आर्थिक भन्दा सामाजीक सम्बन्ध राम्रो बन्नेछ,रमाइलो र फलदायीयात्राको सम्भाबना पनि देखिन्छ।आजको लागि शुभ अंक ३,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ कें केतवे नमः यो मन्त्र १७ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ ।
कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सानो सफलताको लागि पनि आज ठुलै प्रतिस्पर्धा गर्नु पर्ला,गरेको काममा खोट देखाइदिनाले काम गर्ने जागर घट्न सक्छ,साथि संगी संगको सहायतामा ठुलो योजना बनाउने र सुरुवात गर्ने समय रहन्छ,प्रणय सुत्र कसिलो रहनेछ,दाजु भाइको सम्बन्धमा भने टकराब आउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म कर्ममा रुची बढ्नेछ,गुरु तथा मान्यजनको सेवा गर्ने सु अवसर प्राप्त हुनेछ,बाद्बिबादमा परिने र कानुनि झमेला आइलाग्ने सम्भाबना देखिन्छ,गोचरमा शुभ स्थानमा रहेको चन्द्रमाको प्रभावले भाग्योदय गराउनेछ,उपहार पदक तथा चिठ्ठा प्राप्ति हुन सक्ने देखिन्छ, आजको लागि शुभ अंक ६ शुभ रङ्ग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
- See more at: http://durgajyotishn.com/%E0%A4%A6%E0%A5%88%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2/#sthash.r9wpFRVJ.dpuf
