भारतले भन्यो, 'नाकामा अवरोध हाम्रो कारण होइन'

काठमाडौं :  भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ।


काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ।


नेपाल भारत नाकाका विभिन्न् ठाँउमा  ढुवानीमा भइरहेको समस्या तथा अवरोध भारत नीति अनुरुप नभएको उसले स्पष्ट गरेको छ।असन्तुष्ट नेपाली पक्षको प्रदर्शन र आन्दोलनका कारण यस्तो अवस्था आएको उसले बताएको छ।


‘हामी फेरी आग्रह गर्दछौं, तराईमा देखिएको समस्या पूर्णतया राजनीतिक समस्या हो यसको सम्बोधन गरियोस् ’विज्ञप्तीमा भनिएको छ। उसले सिमा क्षेत्रमा देखिएको समस्या छिटै अन्त्य हुने अपेक्षा व्यक्त गरेको छ।

तराई आन्दोलन हिंसात्मक बन्दै गएकाले असुरक्षाको कारण देखाउँदै ढुवानीकर्ताले भारतीय पक्षसँग बारम्बार गुनासो गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालमा संविधान जारी भएपछि भारतले निकालेको यो चौथो विज्ञप्ती हो।  भारतले यसअघि तीनवटा विज्ञप्ति निकालेर असन्तुष्टी जनाइसकेको छ।

,

news and entertainment