यसरी खाली गर्दैछ भारतले हप्तादिन भित्र नेपालको दुतावास
काठमाडौं । भारत सरकारले
काठमाडौंमा रहेको भारतीय
दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने
भएको छ ।
अनुसार अबको एक हप्ता भित्रै अधिकांश
कर्मचारीलाई फिर्ता बोलाउने तयारी भएको हो ।
भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै
उनलाई पनि फिर्ता बोलाउने तयारी भएको छ भने
मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख
अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा
गरिएको बताइएको छ ।
त्यस्तै दुतावासका अन्य उच्च कर्मचारीहरुलाई पनि
अन्यत्रै सरुवा गर्ने तयारी भएको छ । रेको स्थानमा
परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने
भारतीय तयारी छ । तर, रेलाई एक हप्ताको मौका
दिन भारत सरकार तयार भएको छ ।
रेले भारत गएर आफुलाई एक हप्ता समय दिन माग गरेको
स्रोतले दाबी गरेको छ । रेकै कारण नेपालमा भारत
विरोधी गतिविधि भएको भन्दै भारतीय सरकारले
उनलाई फर्काउन खोजेको थियो ।
रेले मधेस आन्दोलनका क्रममा नेपालका मधेसवादी
नेताहरुले भारतबारे भ्रम फैलाएकाले यस्तो भएको
बताएका थिए ।
