भैरहवा, असोज ११ ।
नरेश के सीं : लामो समयको बन्दबाट आजीत भएका स्थानियले प्रतिबाद गरेपछि बेलहिया सुनौली नाका खुलेको छ ।मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार नाका बन्द गर्ने ध्ययेले विगत ४ दिनदेखी संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले दसगजा क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । उनीहरुको प्रदर्शनको कारण भारततर्फबाट कुनैपनि मालबाहक सवारी साधन र अन्य कुनैपनि साधन नेपाल भित्रीएको थिएन । जसको कारण सीमावर्ति नेपाल तर्फ उपभोग्य सामग्री र पेट्रोलियम सामग्रीको त अभाव भईरहेको छ नै त्यसको प्रत्यक्ष असर भारत तर्फ पनि परिरहेको छ । भारतीय बाटो प्रयोग गदै दसगजामा गएर नेपाल तर्फ आउने सवारी साधन छेकीरहेका मोर्चाको विरोधमा सोमबार विहान बेलहियाका स्थानियले प्रदर्शन गरेका थिए ।
स्थानियले नाकाबन्दीको विरोधमा गरेको प्रदर्शनमा सयौं सर्वसाधरणको सहभागीता रहेको बुझिएको छ । स्थानियको प्रदर्शनको कारण मोर्चाका नेता कार्यकर्ता दसगजा छाडेर गएपछि भारत तर्फबाट सवारी साधनहरु निरन्तर नेपाल तर्फ आइरहेका छन् । यो समाचार तयार पार्दा सम्म ( दिउंसो १ बजे) भारतबाट नेपाल तर्फ ३० वटा मालबाहक ट्रक र अन्य सवारी साधन प्रवेश गरिसकेको इलाका प्रहरी कार्यलय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जनाए । प्रहरी निरीक्षक रेग्मीका अनुसार अहिले दसगजा क्षेत्रमा कुनैपनि प्रदर्शन छैन । सीमावर्ति भारततर्फ लामबद्ध सयौं मालबाहक ट्रक विना रोकटोक क्रमशः नेपाल भित्रीएको भैरहवा भन्सार कार्यलय प्रमुख लाबण्य ढकालले जनाए ।
स्थानीयको प्रतिवादपछि बेलहिया नाका खुल्यो
news and entertainment
