मोदीको फेसबुक पेजमा पनि नेपालीलाई नाकाबन्दी !
काठमाण्डु, १० असोज– नेपाल विरुद्ध चालिएको कदमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको दुखाईको विषय बनेको छ ।
तर, अहिले उनको एकाउन्टमा नेपालीहरुले खरो प्रश्न राख्ने र गाली गर्न थालेपछि पेजबाट नेपालीलाई ब्लक गर्न थालिएको छ । छिमेकी राष्ट्र विरुद्ध चालेको कदमविरुद्ध संसारभरबाट विरोध आउन थालेपछि मोदीले छानीछानी आफ्नो विरुद्धमा कमेन्ट गर्नेलाई बलग गर्ने या कमेन्ट गर्न नमिल्ने बनाउन थालेका छन् ।
यसभन्दा अघि गरिएका कमेन्ट नोटिफिकेसनहरु पनि अहिले पूरै हटाइएको छ । सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियाले मोदीलाई कस्तो प्रभाव पर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
