धुर्मुस र सुन्तली गाउँ हेर्न पुगे बाबुराम भट्टराई
- नगेन्द्र अधिकारी, काभ्रे
आश्विन २, २०७२- पूर्व प्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले मधेसी र थारु लगाएतका माग सम्बोधन नभइ नायाँ संविधान आएकोमा नाचगान वा दिपावली गर्नु जरुरी नभएको बताएका छन् । शनिबार बिहान पाँचखाल–१६, पहरी गाउँमा ‘धुर्मुस–सुन्तली एकिकृत नमुना वस्ती’को अवलोकन गर्न पुगेका भट्टराइले पत्रकारहरुसँग बोल्दै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
‘म मुलभुत रुपमा खुशी छु । तर, नाचगान जरुरी छैन,’ उनले भने, ‘मधेस र थारुको मुद्दा सम्बोधन गर्न अझै बाँकी छ ।’ उनले आफूलाई भारत परस्तको आरोप लगाउनेहरुलाई कटाक्ष गर्दै भने, ‘काला वर्णका मानिस सबैलाई भारतीय देख्नहरुले नै मलाई भारत परस्त भनेका हुन् ।’ उनको अनुसार उनलाई वैचारिक रुपमा गिराउने खोज्ने वर्गले नै ‘मनगढन्ते र फतुर’ आरोप लगाएका हुन् ।
भट्टराइले पहरी बस्तीको अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले बनाउनु पर्ने मोडल हाँस्य कलाकारहरुले बनाएकोमा खुशी समेत व्यक्त गरे । ‘सरकारले मोडल बनाएपछि अरुले त्यसलाई फलो गर्नुपर्ने हो । तर, अब सरकारले यो मोडलको फलो गर्नुपर्छ,’ उनले भने ।
बिहानै पहरी बस्तीको अवलोकन गर्न पुगेका उनले त्यहिँ खाना खाएर फर्किएका छन् ।
प्रकाशित: आश्विन २, २०७२
नाचगान र दिपावली जरुरी छैन : भट्टराई
news and entertainment
