बर्दिया—नेपालगंज— गुलरिया सडक खन्डमा पर्ने मैनापोखरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई आन्दोलनकारीले आक्रमण गरेका छन्। नेपाल प्रहरीका एसपी गोबिन्दराम परियार र सशस्त्र प्रहरीका एसपी बिदुर गुरुङलाई लक्षित गरी ढुंगा र इँटाले आक्रमण गरेका हुन्।
पूर्वपश्चिम राजमार्गको बासगढी तर्फजाँदै गरेका सुरक्षानिकायका जिल्ला प्रमुखहरुलाई लक्षित गर्दे मैनापोखरमा आन्दोलनकारीले आक्रमण गरेका हुन्। आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।
एसपीद्वय परियार र गुरुङ सकुशल छन्।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
अन्य ठाउँमा जनजीवन सामान्य भए पनि आन्दोलनकारीले मैनापोखरमा सवारी साधनकको आवागमनमा अबरोध पु¥याउँदै आएका छन्। मैनापोखरमा २०—३० जनको समुहले गाडीलाई अबरोध पुराउँदा संघले संचालन गर्ने साना,ठुला ता निजि सवारी ठप्प हुने गरेको छ।
आन्दोलनकारीद्वारा दुई एसपीमाथि आक्रमण, तीन प्रहरी घाइते
news and entertainment
