भारतीय हस्तक्षेपबारे विद्यार्थीद्वारा राष्ट्रसंघलाई जानकारी

काठमाडौं । भारतले एक साता यता गरेको अघोषित नाकाबन्दीको विरोधमा मंगलबार ९ विद्यार्थी संगठनले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघको नेपालस्थित कार्यालय पुगेका विद्यार्थीहरुले नेपाल स्वतन्त्र राष्ट्रमाथि भारतले हस्तक्षेप गरेको भन्दै त्यसबारेमा जानकारी गराएका हुन् ।

Students
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीसहितका ९ विद्यार्थी संगठनले राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि जामी म्याक गोल्ड्रिकलाई ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थीहरुले भुपरिवेष्ठित देश नेपाल आफ्नो स्वाधिनता र सार्वभौमिकतामा रहन पाउने राष्ट्रसंघले दिएको अधिकार अहिले खतरामा रहेको भन्दै अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।
विद्यार्थीहरुले मंगलबार नै बिहान कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीलाई भेटेर नाकाबन्दीको प्रतिवाद गर्न आग्रह गरेका थिए।
विद्यार्थीहरुले यस अघि पनि भारतीय हस्तक्षेपको बिरुद्धमा विभिन्न कार्यक्रम गरिसकेका छन् ।

,

news and entertainment