सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नाकाबन्दीबारे यसरि ब्रिफिङ गर्यो

काठमाडौं  – सरकारले अन्तर्राष्ट्रिय समुदायलाई भारतले गरेको अघोषित नाकाबन्दीबारे ब्रिफिङ गरेको छ । बहुपक्षीय र दुईपक्षीय गरी करिब ३ दर्जन विकास साझेदारहरुलाई सोमबार अर्थ मन्त्रालयमा भेला गराएर नयाँ संविधान निर्माणपछिको अवस्था र भारतको नाकाबन्दीबारे जानकारी गराइएको हो ।


सरकारको कदमलाई कूटनीतिक मामिलाका जानकारहरुले भारतको अघोषित नाकाबन्दीविरुद्द अन्तर्राष्ट्रिय समुदाय गुहारेको टिप्पणी गरेका छन् ।

‘भारतीय पक्षबाट नाकाबन्दी भएको छ,’ अर्थमन्त्री रामशरण महतले अन्तर्राष्ट्रिय समुदायसमक्ष कार्यक्रममा भने,‘हामी तेल, ग्यासलगायत इन्धन र अन्य उपभोग्य सामग्रीको अभावबाट छट्पटाइरहेका छौं । व्यापार, व्यवसाय, पर्यटन उद्योग र सेवा क्षेत्र ठप्प छन् । हाम्रो अर्थतन्त्रमा भारी प्रहार भएको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

,

news and entertainment