चीनले यसरि दबाब दिदै छ भारतलाई नाकाबन्दी छिटो खोल्न !
१२ असोज, काठमाडौं । एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छिमेकी चीनले भारतलाई दबाब दिएको छ।
दाहाल निवास लाजिम्पाटमा सोमबार बिहान निम्त्याइएका चिनियाँ राजदूत ऊले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका विषयमा चीनले संयुक्त राष्ट्रसंघमा कुरा उठाएको र आफ्ना राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँगको साइडलाइन बैठकमा यसबारे छलफल गर्ने जानकारी प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गराएका हुन्।
‘नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दीबारे हाम्रातर्फबाट संयुक्त राष्ट्रसंघमा विषय उठाइएको छ । राष्ट्रपति सीले पनि भारतीय प्रधानमन्त्रीसँग साइडलाइन वार्तामा त्यसबारे छलफल गर्नुहुन्छ’, राजदूत ऊले आफूसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै दाहालले आफ्ना सहयोगी नेतासँग पार्टी केन्द्रीय कार्यालयमा भने।
तीन महिनाअघि भएको बेइजिङ भ्रमणका क्रममा पनि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर अगाडि बढ्नेबारे छलफल भएको थियो। दाहालका एक सहयोगी नेताका अनुसार भारतले लगाएको आर्थिक नाकाबन्दी खोल्न उनले कूटनीतिक पहललाई तीव्रता दिएका छन्। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।
