दुनियाँका सबैभन्दा मूर्ख प्रधानमन्त्री नरेन्द्र मोदीको रोचक कथा

काठमाडौं । अध्यात्म होस् की राजनीति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हरेक विषयमा स्टन्ट गर्न रुचाउछन् । यस्तै हर्कतले उनी बारम्बार संचारमाध्यममा कसरी छाउने भन्ने सोचिरहन्छन् ।
चर्चा बटुल्नकै लागि मोदी राष्ट्रसंघीय महासभामा भाग लिंदै गर्दा सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र सामाजिक संजाल फेसबुकको मुख्यालयमा समेत पुगे ।

फेसबुकको मुख्यालयमा पुगेर संस्थापक मार्क जुकरवर्गसंगको फोटो सेसन गरे । गुजरातमा नरसंहार मच्चाएका व्यक्तिसँग हात मिलाएको भन्दै जुकरवर्गलाई स्यानेटाइजर नै पठाइयो । जुकवर्गसंग फोटो खिचाउन उनलाई मोदीले तानेको तस्वीर विश्वभर भाइरल बन्यो । भारतमै उनको विरोध भयो ।

नेपालमा नाकाबन्दी गरेर अमेरिका हान्निएका उनलाई नेपाल भारतबाट हजारौं प्रश्न सोधिए तर, उनी फोटो सेसनमा सक्रिय भए, भ्रमणमा सक्रिय भए, नेपालको समस्यामा कुराकानी गर्न राजी भएनन् । सामाजिक संजालमा उनको उछित्तो काटियो । भारतमै #NepalRedFlagsModi मोदी भन्ने ट्रेण्ड हिट भयो ।
उनै स्टन्टवाज मोदीलाई गुगलले सबैभन्दा मुर्ख प्रधानमन्त्रीको रुपमा राखेको छ । गुगलमा सबैभन्दा मुर्ख प्रधानमन्त्री भनेर खोजी गर्दा मोदीको नाम भेटिनेछ । गुगलले आधिकारिक रुपमै उनलाई मूर्ख प्रधानमन्त्रीको सूचीमा पहिलो नम्बरमा राखेको देखिन्छ ।

,

news and entertainment