मोदीका सल्लाहकारले मधेसको माग सम्बोधन नगरेको भन्दै राजदूत उपाध्यायलाई हप्काए

नयाँदिल्ली, १६ असोज– नेपालमा जारी भारतविरोधी भावनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

ajit doval
उनले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्न नसकेको भन्दै राजदूत उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी राष्ट्रसंघीय महासभाबाट फर्केको दुई दिन बितिसक्दा पनि एक हप्तादेखि नेपालमा लगाईको नाकाबन्दी फिर्ता र नेपालसँग चिसिएको सम्बन्धबारे भारत सरकारले कुनै निर्णय लिन सकेको छैन ।
राजदूत उपाध्ययले भारतले लादेको नाकाबन्दी लम्बिन सक्ने संकेत गरे । ‘भारतीय कुटनीतिक परिधिभिर रहेर अहिलेको समस्यको निकास हुन्छ भनेर परिभाषा गर्न मुस्किल छ’, उनले भने ।
राजदूत उपाध्यायसँगको भेटमा डोभलले भारतीय ट्रकहरुबाट सामान नेपालतर्फ जान नसक्नु दुर्भाग्यपूर्ण बताएर पन्छिए । उनले नाकाबन्दी कहिले हट्ने प्रस्ट पारेनन् ।
अन्नपूण पोस्टबाट

news and entertainment