नेपाली भाषीहरुलाई भारत छोड्न धम्की

काठमाडौं, १४ असोज । नेपाल र भारतको सम्बन्ध चिसिए सँगै त्यसको असर  भारतमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरुलाई पर्न थालेको छ ।

सिलीगुडी महकुमा परिषद् एवं स्थानिय पञ्चायतको चुनावको विषयलाई लिएर पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोवास गर्दै आएका नेपाली मूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएका छन् ।
उक्त स्थानमा बसोबास गर्ने नेपालीमूलका भारतीयहरुलाई तृणमूलका कार्यकर्ताहरुले धम्काउने र पक्राउ गर्ने कार्य गरिरहेको भाकपा माक्र्सवादीका नेताहरुले बताएका छन्  । हाल सिलिगुडीमा स्थानीय चुनाव भइरहेको छ । स्थानीय चुनावमा तृणमुल कांग्रेस र प्रतिपक्षी माक्र्सवादी कम्युनिष्ट पार्टीबीच तिब्र प्रतिष्पर्धा रहेको छ । तृणमूल कांग्रेसका कार्यकर्ताको धम्कीबाट उक्त क्षेत्रमा बसोवास गर्ने नेपालीभाषी भारतीयहरु निक्कै त्रसित बनेका छन् ।

,

news and entertainment