उर्जामन्त्री ज्ञवाली बर्खास्त, खेलकूदमन्त्रीको राजीनामा स्वीकृत
राधा ज्ञवालीराधा ज्ञवाली
काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन्। राजीनामाका लागि दिइएको समयसीमाभित्र उनले राजीनामा नबुझाएपछि प्रधानमन्त्री कोइरालाले बिहीबार साँझ उनलाई बर्खास्त गरेका हुन्।
'प्रधानमन्त्रीले अाजै राजीनामा दिएका खेलकूदमन्त्रीको राजीनामा स्वीकृत गरेका छन्', प्रधानमन्त्री निकट स्रोतले नागरिकन्युजसँग भन्यो, 'उर्जामन्त्रीलाई बर्खास्त गरिएको छ।'
प्रधानमन्त्रीले यसअघि दुवै मन्त्रीको राजिनामा मागेका थिए। मंगलार साँझ एमाले अध्यक्ष केपी ओलीलाई फोन गरी अख्तियारले कारवाही गर्न निर्देशन दिएका मन्त्रीलाई फिर्ता नबोलाए आफूले बर्खास्त गर्ने चेतावनी उनले दिएका थिए।
'एउटा संवैधानिक निकायले कारवाही गर्न निर्देशन दिएको यति लामो समय भैसक्दा पनि फिर्ता किन नगरेको भन्दै प्रधानमन्त्री कोइरालाले अध्यक्ष ओली समक्ष असन्तुष्टि जनाएका थिए।
ऊर्जा मन्त्री ज्ञवालीमाथि सोलु कोरिडोर प्रशारण लाइन निर्माण सम्बन्धी निर्माणमा अनुचित कार्य गरेको भन्दै कारवाहीको सिफारिस गरेका थियो। अख्तियारले मन्त्री ज्ञवालीसहितका विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेसहितकामाथि अभियोग लगाएको छ।
