फिचर,
समाचार
»
भारतीय दूताबासको भोज खानेहरु अप्ठ्यारोमा
भारतीय दूताबासको भोज खानेहरु अप्ठ्यारोमा
काठमाण्डु, १५ असोज– नेपाली जनतामाथि नाकाबन्दी लगाएर भोकभोकै बस्ने बाध्य हुने भारतको काठमाण्डुस्थित दूताबासमा आयोजित पत्रकार सम्मेलनमा भोज खाएको समाचार आएपछि केही पत्रकारहरु अप्ठ्यारोमा परेका छन् । कार्यक्रममा गएका पत्रकारहरुलाई दूताबासले भोज खुवाएको सम्बन्धमा केही पत्रकारहरुले समाचारमै गल्ति स्वीकार गरेका छन् । नेपालमा नाकाबन्दी लागेको बेलामा भारतीय
दूताबासद्वारा आयोजित भोज स्वीकार गर्नु भनेको मलामी जाँदा मासु भात खानु सरह भएको भन्दै गल्ती स्वीकार गरेका छन् । भारतीय दूताबासद्वारा आयोजित पत्रकार सम्मेलनपछि सँगै गरेको सांग्रिला होटलमा भोज खुवाइएको थियो । उता, पोखराको फूलबारी रिसोर्टमा प्रायोजन नखुलेको भोजमा २४० भन्दा बढी पत्रकार सहभागी भएका छन् । सम्मलेनको नाममा फूलबारी रिसोर्टमा मुलुकभरकै पत्रकारहरु रहेको बुझिएकोछ । –जनसवाल दैनिकबाट