आजदेखि तातोपानी नाकामा गाडी गुड्ने : किन सरकारले इन्धन ल्याउन खोज्दैन ?

काठमाडौं । चीनसँगको सबैभन्दा ठुलो तातोपानी नाकासम्म आजदेखि गाडी सन्चालनमा आउने भएका छन् । पुर्ण रुपमा अबरुद्ध रहेको नाका हिजो बेलुकी ६ बजेदेखि ट्रयाक खनेर चीनसंग जोडिएपछि आजदेखि साना गाडी सन्चालनमा कुनै अप्ठ्यारो नरहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ । डिभिजन

कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले ठूला गाडी दुइतर्फी रुपमा आवत जावन गर्न केहि कठिनाइ भएपनि साना गाडी सन्चालनमा भने कुनै अप्ठ्यारो अवस्था नरहेको बताए । बाटो खुलेसँगै अब गाडी संचालनको तयारी भैरहेको कार्यालयले जनाएको छ । सडकको अवस्थाबारे सडक बिभागको प्राविधिक सहितको टोलीले अनुगमन गर्ने तयारी गरेको छ । गत बैशाख १२ गतेको भुकम्पपछि अबरुद्ध भएको नाका यसअघि चार पटक सन्चालनमा ल्याइएको भएपनि वर्षाका कारण पुर्ण रुपमा अवरुद्ध थियो । अहिले यो नाका भुकम्पपछि पाँचौ पल्ट चीनसँग जोडिएको हो । सिन्धुपाल्चोकको जुरे नजिक पर्ने घट्टे खोला भन्ने स्थान सहित ४ ठाँउमा सडक अझै थप मर्मत गर्नुपर्ने भएकोले आजदेखि त्यस क्षेत्रको मर्मतको काम गरिने इन्जिनियर गुरुङले बताए । यसअघि जनशक्तिको अभाब भएकोले समस्या भएपनि अहिले एमाले र एकीकृत माओवादीका विद्यार्थी संगठन त्यहाँ पुगेकाले उनीहरुलाई निमार्णमा परिचालन गरिने गुरुङले बताए । यसअघि जनशक्तिपनि कम भएको र अहिले विद्यार्थी पुगेपछि सहज भएको उनले बताए। सरकारले प्राथमिकताकासाथ निर्माण कार्य थालेको ७ दिनमा नै तातोपानी नाका सन्चालनमा आएको हो । यो नाका खुलेसँगै अब चीनबाट आपुर्ति शुरु गरे भारतीय नाकाबन्दीको असर कम हुने अपेक्षा गरिएको छ ।

,

news and entertainment