नेपालमा नाकाबन्धि, नरेन्द्र मोदी बेखबर

काठमाडौं, असोज १४ । साता व्यापी अमेरीकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतले नेपालमा लगाएको अघोषित नाकाबन्धीबारे जानकारी नै नगराएको बताइन्छ ।


साताव्यापी अमेरीकी भ्रमणबाट गएराती मात्रै भारत फर्केका मोदीलाई भारतीय व्यूरोक्रेसीले नाकाबन्धीको जानकारी नगएको कि थाहा पाएर पनि नरेन्दै मोदीले नाकाबन्दीका विषयमा हालसम्म नियोजित ढंगले नै मौनता साँधिरहेको हुन सक्ने भारतका लागी नेपाली राजदुत लिकुमार उपाध्यायले बताए ।


हामीसँगको कुराकानीका क्रममा राजदुत उपाध्यायले भने व्यूरोक्रेसीले मोदीलाई जानकारी नै नदिई नेपाललाई अप्ठ्यारोमा पारेको हुनसक्छ, मोदी हिजो साँझ मात्रै भारत फर्केका छन्, अब केही निकास निस्किन्छ की  ?  ४ दिनदेखि काठमाठडौँमा रहेका उपाध्ययले शुक्रबार फर्के लगत्तै मोदीलाई भेट्ने र आफ्ना कुरा राख्ने बताएका छन् ।

उनले कुनै ठोस कदम चाल्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक वक्तव्यको प्रतिक्षा गर्नुपर्ने पनि बताएका छन् । उपाध्ययले नेपालको नाकाबन्धी सम्बन्धमा यस अभि नै विदेशमन्त्री र गृहमन्त्रीलाई भेटेरै समस्या समाधान गर्न आग्रह गरिसकेका छन् ।

,

news and entertainment