काठमाडौं ।
यतिबेला भारतले नेपालमाथि गरेको अघोषित नाकबान्दीले नेपालीहरुलाई तनावमा पारेको छ । ९० प्रतिशत सभाषदले हस्ताक्षर गरेर जारी गरेको संविधानलाई अस्वीकार गर्दै लागाइएको भारतीय नाकाबन्दीले नजिकिएको दशैंमा समेत जीवन सहज नहुने संकेत देखिएपछि नेपालीहरु चिन्तित छन् ।
भारतीय कांग्रेसले भन्यो- ‘मोदी नीति नेपालमा असफल’
भारतले भू-परिबेष्ठित देशहलाई रहेको अन्तराष्ट्रिय अधिकार उल्लङ्घन गर्दै नेपालमाथि नाबान्दी लगाएको विषय अन्तराष्ट्रियरुपमा समेत चर्चाको विषय बनेको छ । संयुक्त राष्ट्रसंघले सन् १९६५ जुलाई ८ मा पारित गरेको ‘कन्भेन्सन अन ट्रान्जिट ट्रेड अफ ल्यान्ड लक्ड कन्ट्री’ नामक सन्धीले ले कुनै पनि भूपरिवेष्ठित देशले समुद्रसम्म निर्वाध पारवहन सुविधा पाउने उल्लेख छ । भारतको नाकाबन्दी यी सबै अन्तर्राष्ट्रिय कानुनविपरीत हो ।
सबै छिमेकीसँग उस्तै
भारतले नेपाललाई गरिरहेको ब्यवहारप्रति भारतमै पनि विरोध भैरहेको छ । भारतीय कांग्रेस पार्टीका नेताहरुले मोदीको नेपाल नीति असफल भएको टिप्पणी गरिसकेका छन् । तर भारतको सम्बन्ध नेपालसँग मात्र होइन सबै छिमेकीसँग उस्तै छ ।
भारतले आफूलाई विश्व शक्तिकोरुपमा स्थापित गर्न चाहेको भन्दै आएको छ । सुरक्षा परिषदमा स्थायी सदस्यका लागि लविङ गरिरहेको भारतको सम्बन्ध कुनै पनि छिमेकी देशसँग राम्रो छैन । विश्व शक्ति बन्न चाहेको भारत खासमा भन्दा आफ्ना छिमेकीहरुसँगको सम्बन्धका कारण दक्षिण एसियाकै मात्र पनि वास्तविक शक्ति बन्न सकेको छैन ।
भारतीय सेनाप्रमुखको सेनालाई निर्देशनः युद्धका लागि तयार रहनुस्
पाकिस्तानः
पाकिस्तान भारतको ऐतिहासिक दुश्मन हो । भारतबाट पाकिस्तान विभाजन भएपछि यी दुई राष्ट्रबीच पटक पटक युद्ध समेत भैसकेको छ । अहिले पनि यी दुई देशबीच समय समयमा युद्धका चेतावनी र चर्चा चल्ने गर्छन् ।
पाकिस्तानसँग आणविक हतियारको प्रतिपर्धाको कुरा चलिरहन्छ तर मित्रताको कुरा चल्दैन । भारत र पाकिस्तानबीच कश्मिरको मुद्धा सबैभन्दा चहराउने घाउ हो । पाकिस्तानले आतंकवाद निर्यात गर्ने गरेको आरोप भारत लगाउँछ भने पाकिस्तानले पनि मुखभरीको जवाफ दिन्छ ।
पाकिस्तानी सेना प्रमुखको भारतलाइ चेतावनीः युद्ध शुरु भए सहनै नसक्ने क्षती ब्यहोर्नु पर्ला !
चीनः
आफू भन्दा साना छिमेकीसँग ‘ठूल्दाइ’ प्रवृत्ति देखाउने भारत आफू भन्दा ठूलो छिमेकी चीनसँग पनि सानो हुँदैन । भारत र चीनबीच पनि सीमा समस्या लगायतका विषयमा गम्भिर झगडा छ । उनीहरुबीच समय समयमा बाकयुद्ध भैरहन्छ । भारतले आफ्नो भन्ने अरुणाञ्चलमै चीनले दाबी गर्ने गरेको छ ।
चीनले भारतलाई ‘युद्ध हुन सक्ने देश’को सूचीमा राख्यो
Modi in china
चीनसँगको युद्धमा भारत पराजित भएको थियो । भारत चीनलाई आर्थिक र सामरिक दुबैरुपमा प्रतिष्पर्धी ठान्छ । चीनले नेपालमा प्रभाव बढायो कि भन्ने भारतको सधै टाउको दुखाइ हुन्छ । केही समय यता चीनले पाकिस्तान, श्रीलंका, म्यान्मार, मालदिभ्समा ठुलो स्तरमा प्रभाव बढाएको छ । तर चीनसँग भारतको आफ्नै सम्बन्ध भने राम्रो छैन ।
बंगलादेश
बंगलादेशसँग पनि भारतको सीमा विवाद रहँदै आएको छ । बंगलादेशमा बंगली भाषी भारतीयहरुको पनि ठूलो जनसंख्या रहेका कारण भारत र बंगलादेशबीच पनि हस्तक्षेप लगायतका विषयमा विवाद परिरहन्छ ।
सिमामा हुने गोलीवारीले पनि यी २ देशबीच सौहार्द सम्बन्ध नरहेको संकेत गर्छ । अझ भारतको टाउको दुखाउँदै पछिल्लो समयमा चीनले बंगलादेशमा पनि प्रभाव बढाएको छ । बंगलादेशको सीमा क्षेत्रमा भारतीय बिएसएफको गोली हान्ने नीतिप्रति बंगलादेश गम्भिर असहमति राख्दै आएको छ । १० वर्षमा भारतीय सुरक्षाकर्मीको गोली लागेर १००० भन्दा बढी मारिएका छन् ।
म्यानमार
म्यानमारसँग पनि भारतको राम्रो सम्बन्ध छैन । भारतसँगको खराव सम्बन्धको फाइदा उठाउँदै चीनले म्यानमारमा बर्चस्व कायम गरिसकेको छ । भारतसँग असमान्य सम्बन्ध नरहेपनि मुख्य समयमा म्यानमार चीनको साथमा उँभिने गरेको छ ।
अफगानिस्तान:
अफगानिस्तानसंग भारतको सम्वन्ध नराम्रो छैन तर यो केवल पाकिस्तान कार्डका कारण मात्र सम्भव भएको हो । सामरिक दृष्टिले अफगानिस्तानसँगको सम्बन्धले भारतलाई खासै अर्थ राख्दैन । आतंकबादको विषयमा अफगानिस्तानमा पाकिस्तानी लडाकुहरु सक्रिय रहेको मुद्धा स्थापित गरेर पाकिस्तानमाथि दवाव बढाउन मात्र भारतले अफगानिस्तानसँगको सम्बन्ध उपयोग गरिरहेको छ ।
श्रीलंका:
श्रीलंकासँग भारतको सम्बन्ध राम्रो छैन । श्रीलंकामा भएको युद्धका विषयमा युद्ध अपराधको मुद्धा उठेपछि राष्ट्रसंघमा भारतले श्रीलंकाविरुद्ध मतदान गरेपछि श्रीलंका विशेष क्रुद्ध भएको थियो । श्रीलंकाली तामिलको सम्बन्ध भारतसँग रहेका कारण तामिलमाथि गरिएको दमनका विषयमा भारतले विशेष चासो राख्छ । यो चासो यति खतरनाक स्तर सम्म छ कि श्रीलंकाकै तामिलले भारतीय पूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्या गरेका थिए ।
माल्दिब्सः
भारतसँग अर्को छिमेकी माल्दिब्सको सम्बन्ध पनि राम्रो छैन । खासगरी माल्दिब्समा चीनको बढ्दो प्रभावले भारतको टाउको दुखाएको छ । माल्दिब्सले विदेशीहरुलाई जमिनको स्वामित्व खुला गरेपछि चीनले बढाइरहेको प्रभावले भारत चिन्तित छ र माल्दिब्ससँग पनि चिढिइरहेको अवस्था छ ।
भुटानः
भारतको सबैभन्दा सुमधुर सम्बन्ध भुटानसँग छ । तर त्यो सम्बन्ध केवल भारतीय हित प्रवर्द्धनमा मात्र आधारित र भारत नियन्त्रित रहेका कारण त्यसले विश्व राजनीतिमा र क्षेत्रीय राजनीतिमा प्रभाव राख्न सकेको छैन । भुटानको सबै कुरा भारत नियन्त्रित छ जुन मोडल भारतले नेपालमा समेत चाहिरहेको छ ।
