नाकाबन्दी गरेको भारतले अन्तर्राष्ट्रिय समुदायसंग क्षमा याचना गर्नुपर्‍यो’ ककस्ले के भने ....

काठमाडौं, १५ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको भारतले अन्तर्राष्ट्रिय समुदायसँग माफी माग्नुपर्ने माग गरिएको छ । लुम्बिनी–कपिलवस्तु दिवस अभियानले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अघोषित नाकाबन्दी तत्काल खुलाएर आफ्नो इज्जत बचाउन भारतले विश्व

समुदायसँग माफी माग्नुपर्ने माग गरेको हो । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफूलाई लोकतान्त्रिक कहलाउन पनि भारतले विश्व समुदायसँग माफी माग्नैपर्ने बाध्यता रहेको उल्लेख छ । यस्तो छ अभियानले जारी गरेको विज्ञप्ती: मित्र राष्ट्र भारतको नेपालप्रतिको बिभिन्न खाले हेपाहा प्रबृति कुनै नौलो कुरो होइन । यस खाले भारतीय रवैयाको बिरोध नेपालभित्र नभएर बिभिन्न देशमा समेत हुनेगरेका छन र भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा आयोजनागरिएको बिस्वब्यापी कार्यक्रमकै अंशको रुपमा सामाजिक सन्जाल फेसबूक मार्फत बिशेष तयारीका साथ लगातार २५ घण्टे ऐतिहासिक बिरोध कार्यक्रम समेत भएकोथियो । नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालकोलुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपस्चात भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुन: परिचय दिए, तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे । सन २००१ देखि वर्ल्ड ट्रेड अर्गनाईजेसनको नेपाल सदस्य छ, जसको भारत पनि सदस्य राष्ट्र छ र यस अन्तर्गतका भूपरिवेष्ठित मुलुकले समुद्रसम्मको पारबहन आवागमनको सुविधामा पाउने प्रावधानको सदस्य राष्ट्रले उल्लङ्घन गर्न पाइदैन । वर्तमान अवस्थामा अघोषित नाकाबन्दी लगाएर सिर्जना गरिएको व्यवहारिकआवागमन र पारबहनमा अडचन र बन्देज आफैंमा गैर कानुनी हो । भारत जस्तो एउटा लोकतान्त्रिक मुलुकले आफूले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय कानुनको अक्षरशपालना गर्नुपर्छ र आफूले स्वीकारेका कानुनको पालना नगर्ने मुलुक अन्तर्राष्ट्रिय रूपमा लोकतान्त्रिक कहलाउन सक्दैन । त्यसैले राष्ट्रसङ्घको ७०औँ महासभामा समेत अमेरीकी राष्ट्रपति ओबामा लगायत शक्तिसम्पन्न राष्ट्रका सरकार र राष्ट्र प्रमुखहरुले समेत नेपाललाई नाकाबन्दी गर्दा भारतलाई नै नोक्सान हुने बताउदै तत्काल नाकाबन्दी फिर्ता गर्न भारतपक्षलाई अनुरोध गरेका छन । भारतको यस किसिमका गतिबिधिका कारण लोकतान्त्रिक बिशाल देश भारतकै छबी धुमिल हुन गएकोमा शुभचिन्तक छिमेकीको नाताले हामी चिन्तित छौं र भारतलाईतत्काल नाकाबन्दी फिर्ता गरेर अन्तराष्ट्रिय समुदायसंग क्षमा याचना गरी आफ्नो गुमेको साख जोगाउन हार्दिक अनुरोध गर्दछौं । रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिश्व संयोजक -

,

news and entertainment