संयुक्त राष्ट्रसंघमा नाकाबन्दीबारे उपप्रधानमन्त्री किन बोलेनन्

आश्विन १५, २०७२- संयुक्त राष्ट्रसंघको ७० औं महासभाको छलफल सत्रलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा भारतको अघोषित नाकाबन्दीबारे मौन बसेका छन् । उनले सम्बोधनको अन्तिममा भारतलाई भूकम्पको बेला सघाएकोमा धन्यवाद दिए ।


तराईमा जारी आन्दोलनको कारण देखाउँदै भारतले नेपालमा आउने अत्यावश्यक वस्तु निकासीमा रोक लगाएको छ जसको कारण देशभर पेट्रोलिपम पदार्थसहित अत्यावश्क वस्तुको अभाव देखिएको छ ।

महासभामा सम्बोधन गर्ने क्रममा सिंहले खाले विभेदको अन्त्य गर्ने गरी संविधान जारी भएको जानकारी बाँडे । उनले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।

,

news and entertainment