'अघोषित' नाकाबन्दी खोल्न निर्देशन ।

आश्विन १६, २०७२- नेपालमा संविधान जारी भएलगत्तै राजनीतिक कारणमा जोडिएर भारतले नेपाललाई सुरु गरेको 'अघोषित नाकाबन्दी' शनिबारदेखि खोल्नका लागि विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिएको छ ।


विदेश मन्त्रालय स्रोतका अनुसार नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिबार निर्देश गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट दिल्ली फिरेपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको संशोधनको सहमति हेरेर तत्कालबाट लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो । राजदूत दीपकुमार उपाध्यायले पनि शनिबारबाटै सबै नाका सुचारु हुने अवस्था भए पनि स्थिति पूर्ववत रुपमा सहज बन्न अरु केही दिन लाग्ने प्रतिक्रिया दिए । भारतबाट नेपाल सामान ढुवानी हुने मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर आदि हुन् ।

स्रोतका अनुसार नाकाबन्दीको स्थितिबाट नेपालको आर्थिक तथा सामाजिक अवस्था कष्टपूर्ण बन्दै गएपछि र सरकार परिवर्तनको प्रकृया सुरु भएपछि आवश्यक संवादका लागि उद्यमी विनोद चौधरी, प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट 'सहजकर्ता' बनेर शुक्रबार दिल्ली आएका थिए । चौधरीले शुक्रबार र शनिबार प्रधानमन्त्री कार्यालयका बरिष्ठ पदाधिकारी, विदेश मन्त्रायका अधिकारीसहितसँग नेपाल स्थितिबारे परामर्श गरेका थिए

,

news and entertainment