भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीमा विरुद्ध आज मानव सागर राजधानीमा

काठमाडाैं- भारतीय हस्तक्षेपको बिरोधमा युवा, विद्यार्थी, कलाकारदेखि सर्वसाधारण नेपाली राजधानीकाे शान्तिवाटीकामा उत्रिएका छन्। शुक्रबार राष्ट्रिय स्वाधीनता अभियान नेपालको ब्यानरमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भारतीय नाकाबन्दीको बिरोध जनाउन सडकमा उत्रिएका हुन्। उनीहरूको एक स्वर थियो-‘वैदेशिक हस्तक्षेप मान्दैनाैं।’

‘पारवाहन सुविधा हाम्रो हक, वैदेशिक हस्तक्षेप मान्दैनाैं’ लेखिएको ब्यानर,प्लेकार्ड बोकेका र सोही सन्देश लेखिएका टिसर्ट लगाएका युवाहरूकाे उल्लेख्य उपस्थितिमा प्रदर्शन भएको छ। शान्तिवाटिकामा भेला भएका प्रदर्शनकारीले पुरानो बसपार्क, सहिद गेट, सुन्धारा,वीर अस्पताल अगाडि हुँदै रत्नपार्कको शान्तिवाटीकामै पुगेर साँस्कृतिक सभामा परिणत भएको थियो। सभामा कलाकारहरूले गीत, व्यंग्य प्रस्तुत गरेका छन् भने युवा विद्यार्थीहरूले भारतीय हस्तक्षेपको विरोध गर्दै नेपाल सरकार र नेताहरूलाई नझुक्न अाह्‍वान गरेका छन्।

प्रदर्शनकारीले भारतीय सरकारका प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा चर्किएको स्वाधीनताको अावाज बेलैमा सुन्न अाग्रह गरेका छन्। प्रदर्शनमा भारतविरूद्ध चर्को नाराबाजी चलेको छ। दिनभर चल्ने प्रदर्शनमा कलाकारहरूले राष्ट्रियता झल्काउने प्रस्तुतिहरू पस्कने कलाकार मनोज गजुरेलले बताए।

,

news and entertainment