आजदेखि ‘अघोषित नाकाबन्दी’ खुल्यो, मोदीलाई यसरी फकायो नेपालले

काठमाडौं, १६ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतले शनिबार अपराह्नदेखि नाका खोलेको छ । अमेरिकाको भ्रमण गरी स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली प्रतिनिधी मण्डलले शनिबार भेटरै फकाएपछि मोदीले ‘अघोषित नाकाबन्दी’ खोल्न विदेश मन्त्रालयमार्फत मातहतका निकायलाई निर्देशन दिएका हुन् । मोदीको निर्देशनपछि नेपालसँग

जोडिएका सीमा नाका शनिबार अपराह्नदेखि नै खुलेका छन् । साथै भारतसँग जोडिएका नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन पनि निर्देश गरिएको छ । मोदीलाई प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपाली प्रतिनिधी मण्डल बनेर उद्यमी विनोद चौधरीले नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको र संशोधनको सहमति गरेर तत्काल लागू हुने तयारी गरिएको भनेर फकाएका थिए । भारतसँग जोडिएका नेपालका मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुरबाट शनिबार राति देखि नै आपूर्ति सूचारु हुने नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

,

news and entertainment