यस्ता छन्: कास्मिर: बिभाजन हुँदा बाँकि रहेको मुद्धा

१६ असोज, एजेन्सी।

पाकिस्तानी सेना प्रमुख जेन रहिल शरिफले कास्मिरलाई ‘बिभाजन हुँदा बाँकि रहेको मुद्धा’ भन्दै लामोसमयको विवाद अन्त्य गरि सो क्षेत्रमा शान्ति स्थापनार्थ सहयोग गर्न विश्व समुदायले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन्।

लण्डन स्थित ‘रोयल युनाइटेड सर्भिस इन्स्टिच्युट’मा सम्बोधन गर्दै जेन सरिफले पाकिस्तान र भारतको झगडा नै कास्मिर मुद्धामा रहेको बताएका हुन। कास्मिरको मुद्धा शान्त भएपछि मात्र सो क्षेत्रमा साच्चैको शान्ति आउने तर यसको लागि विश्व समुदाय अग्रसर भएर सहयोग गर्नुपर्ने उनको विचार थियो।

Raheel-Sharif

भारतको कट्टरवादी निती साथै पाकिस्तानको विरुद्धमा अप्रत्यक्ष रणनितीका कारण कास्मिर क्षेत्रमा निकै प्रतिकुल असर पारेको उनले बताए। पाकिस्तानको सुरक्षा अवस्था बताउदै उनले पाकिस्तानमा आर्थिक विकासको क्रम अगाडी बढदै गएको र देशमा शान्तिपुर्ण स्थिति बनाइराख्ने कार्य जारी रहने बताए।

द्वन्दग्रस्त छिमेकी देश अफगानिस्तानलाई स्थायी शान्ति स्थापना गर्न रह सम्भव सहयोग गर्ने पनि उनले बताए।

युरोपको भ्रमणमा रहेका जेन सरिफ जर्मनिमा सुरक्षा कन्फरेन्सलाई सम्बोधन गरेपछि ब्रिटेनमा विभिन्न सम्बोधन अनि भेटघाटमा व्यस्त छन्।

,

news and entertainment