मलेसियाविरुद्ध फरवार्ड लाईनमा नवयुग र भरत
चैत १४, काठमाण्डौ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रिपुर्ण फुटबल म्याचमा अहिले मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । मलेशियाको निगेरीस्थित ट्वान्कु अब्दुल रहमान रंगशालामा खेल हुनेछ ।
मिडफिल्डरमा प्रकाश बुढाथोकी, विशाल राई, हेमन गुरुङ र सुजल श्रेष्ठले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । यस्तै, डिफेन्डरमा कप्तान विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र काकी र कमल श्रेष्ठ छन् । गोलकिपरमा साग र बंगबन्धु गोल्डकप खेलेका विकेश कुथुलाई जिम्मेवारी दिईएको छ ।
सिनियर स्तरमा मलेशिया बिरुद्ध खेलिएका पछिल्ला ६ खेलमा नेपालले जित हात पार्न सकेको छैन् । यद्यपी सन् १९८५ को बिश्बकप छनौट खेलमा नेपालले मलेशियालाई गोल रहित बराबरीमा रोकेको थियो ।
पछिल्लो समय नेपाललाई साग फुटबल र बंगबन्धु गोल्डकप जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका बिमल घर्तिमगर, अनन्त तामाङ, रोहित चन्द, आदित्य चौधरी, बिक्रम लामा र अन्जन बिष्ट मैदानमा उत्रने छैनन् ।
radiokantipurdiary
