आजको बिशेष,
फिचर
»
नेपाल–चीन सम्झौतापछि भारतमा हलचल, भारतीय बिदेश मन्त्रालयबाट आयो यस्तो प्रतिक्रिया
नेपाल–चीन सम्झौतापछि भारतमा हलचल, भारतीय बिदेश मन्त्रालयबाट आयो यस्तो प्रतिक्रिया
काठमाडौँ, १० चैत, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला निक्कै महत्वपूर्ण सम्झौताहरु सम्पन्न भए । व्यापार तथा पारवहन सम्झौता भएको २४ घण्टा नबित्दै भारतीय विदेश मन्त्रालयले पनि अर्थपूर्ण प्रतिक्रिया दिन भ्याएको छ ।

व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ, 'तर, नेपाल र भारतको सम्बन्ध अरुको जस्तो होइन ।' भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकारहरुको 'चीनसँग नेपालले गरेको समझदारी भारतका लागि चुनौतीपूर्ण हो कि होइन ?' भन्ने प्रश्नमा स्वरुपले फाइल नै पल्टाउँदै भने, 'नेपाल भूपरिवेष्टित देश हो । चाहेको व्यवहारिक विकल्प खोज्न ऊ खुला छ । यसले नेपाल–भारत सम्बन्धलाइृ असर गर्दैन । यस्तो स्पेसल र प्रिभिलेज्ड सम्बन्ध अन्त छैन । हाम्रो नेपालसँगको सम्बन्ध आफ्नै प्राकृतिक तर्कसंगत छ । तपाईंहरु आफैँलाई सोध्नुस्ः नेपालको भारतसँग कुन स्तरको सम्बन्ध छ, अरुसँग कहाँ छ ? प्रधानमन्त्री अेलीले नयाँ दिल्ली आउँदा के भन्नुभएको थियो ? उहाँको अपेक्षा के थियो, अपेक्षाभन्दा बढी के प्राप् गरेको उहााले भन्नु भयो ? रेकर्डमा सबै कुरा छ! आजको नयाँ पत्रिकाले लेखेको छ ।
aajakokhabar