पारस खड्का पुनः अस्वस्थ, थप उपचारकोलागि दिल्ली प्रस्थान
काठमाडौँ, ३ चैत, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पुनः विरामी परेका छन् । केही दिन अघि राजधानीको नर्भिक हस्पिटलमा उपचार गराएका पारसको स्वास्थ्यमा थप जटिलता देखिएपछि भारतको दिल्ली गएको प्रशिक्षक जगत टमाटाले बताए । दुई साताअघि काठमाडौँमा परीक्षण गर्दा खड्काको आन्द्रामा समस्या देखिएको थियो । ५ दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए ।
तर स्वाथ्यमा सुधार नभएपछि उनी थप उपचारको लागि दिल्ली गएको बताइएको छ । प्रशिक्षक टमाटाका अनुसार खड्काले शनिवार काठमाडौँ फर्किने बताएका छन् । खड्काको अनुपस्थितिमा कीर्तिपुर मैदानमा चलिरहेको छनौट प्रतियोगिताको टिम 'ए' को कप्तानी मन्जित श्रेष्ठले गरेका थिए । टिम 'सी' का कप्तान शरद भेषवाकर पनि घरायसी कारण मंगलबारको खेलमा अनुपस्थित भएपछि विनोद भण्डारीले कप्तानी सम्हालेको आजको कान्तिपुरले समाचार लेखेको छ ।
aajakokhabar
