भारतको अघोषित नाका बन्दीमा कांग्रेसको पनि हात छ : मन्त्री केसी
भक्तपुर, ३ फागुन – उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले भारतले अघोसित रुपमा लगाएको नाका बन्दीमा नेपाली कांग्रेसको पनि हात रहेको बताउनुभएको छ । उहाले केही दलहरुले सरकारलाई अपबित्र गठबन्धन भन्दै टिप्पणी गरेको भन्दै नाम नलिई बिदेसीको इसारामा चल्लेहरुले सरकारलाई अपबित्र भनेको भन्नुभएको हो । कांग्रेस नेताहरुले पछिल्लो समय वर्तमान सरकारलाई अपबित्र गठबन्धनको संज्ञा दिदै आएका छन् । मंगलबार रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया
भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा अरुको दबाबमा संविधान संशोधन गरेर जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था हुन गलत भएको बताउनुभयो । पाँच दिनपछि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पारवाहन, व्यापारलगायत नेपालका लागि हित हुने कुरामा सम्झौता गरेर एउटै देशमाथिको परनिर्भरताको अन्त्य गर्ने बताउनुभयो ।
nepalnewslive
