ऋषि धमलाले पाएको पुरस्कार रकम महासंघलाई दिए

ऋषि धमलाले पाएको पुरस्कार रकम महासंघलाई दिए
काठमाडौ-रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाले पुरस्कारमा पाएको रकममा व्यक्तिगत रकम थप गरेर ४६ हजार रूपैया धादिङ पत्रकार महासंघको भवन निर्माणकालागि हस्तान्तरण गरेका छन्।


बुधबार पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट २१ हजार नगदसहित उनी पुरस्कृत भएका थिए। उनले स्वर्गीय टंकादेवी तुलसीप्रसाद कोइराला स्मृत्ति पत्रकारिता पुरस्कार पाएका हुन्।

छोरा सुवर्ण प्रसाद कोइरालाले स्थापना गरेको सो पुरस्कार पत्रकारितामा धमलाले गरेको योगदानको कदर गर्दै प्रदान गरिएको रिपोर्टर्स क्लबको प्रेस नोटमा उल्लेख छ।

धमलाले पुरस्कारमा पाएको २१ हजारमा ब्यक्तिगत २५ हजार थपेर ४६ हजार धादिङ पत्रकार महासंघको भवन निर्माणकोलागि पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई हस्तान्तरण गरेका हुन्।

पुरस्कार हस्तान्तरण गर्दै प्रधानमन्त्री अ‍ोलीले धमलाको प्रशंसा गरेका क्लबको नोटमा छ।
nagariknews-

,

news and entertainment