माछा मार्न हानेको जालमा गणेशको मूर्ति
हेटौँडाः हेटौँडा–६ का दिल बहादुर राईले हेटौँडा–७ स्थित कर्रा खोलामा माछा मार्न हानेको जालमा भगवान गणेशको मूर्ति परेको छ ।
जाल हान्ने क्रममा उनले गणेश भगवान गणेशको पहेँलो रंगको धातुको मूर्ति फेला पारेका हुन् ।
जाल हान्ने क्रममा राईले आइतबार फेला पारेको साढे सात किलोग्रामको गणेशको मर्ती जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्।
जालमा परेको यो मूर्तिको लम्बाई २९ सेन्टिमिटर र चौडाई २३ सेन्टिमिरट रहेको छ । प्रहरीले यो मूर्तिलाई चोरेर खोलामा फ्याकेको हुन सक्ने अनुमान गरेको छ ।
‘हामीले मूर्ति भेटिएकोबारेमा विभिन्न जिल्लामा जानकारी गरएका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसी शिशु शर्माले भने, ‘कतैबाट चारी भएको रहेछ भने फिर्ता गर्छौँ ।’
annapurnapost