'भारत माता की जय' भन्न नमानपछि सांसद निलम्बित

भारतको अल इंडिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन(एआइएमआइएम)का एक सांसद निलम्बनमा परेका छन्।


महाराष्ट्र विधानसभा सदस्य वारिस पठानलाई 'भारत माता की जय' नभनेपछि विधानसभाले बुधबार निलम्बन गरेको 'द इन्डियन एक्प्रेस'ले जनाएको छ।

 तीन दिन अघि एआइएमआइएमका नेता असादउद्धीन ओवैसीले 'घाँटीमा छुरा राखे पनि भारत माताकी जय भन्दिनँ' भन्ने अभिव्यक्ति दिएका थिए।  

पठानले 'भारत माता की जय' भन्न नमानेपछि विधानसभामा होहल्ला भएको थियो। अन्य पार्टीका सांसदले उनको निलम्बन माग गरेका थिए।
 setopati

,

news and entertainment