खनालद्वारा पार्टीलाई सात आना जग्गादान
इलाम – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र उनका दुईजना भाइले नेकपा (एमाले) साँखेजुङ गाउँ कमिटीलाई सात आना जग्गा दान दिएका छन् ।
नेपालटार बजार क्षेत्रमा रहेको करिब आठ लाख मूल्य पर्ने उक्त जग्गा खनाल र उनका भाइ पोटनाथ र दाताराम खनालले दान दिएका हुन् ।
उक्त जग्गामा चाँडै नै पार्टीको कार्यालय निर्माण थालिने एमाले जिल्ला कमिटी सदस्य कृष्ण गुरुङले जानकारी दिए ।
ratopati
