‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’:बेलायती राजकुमार ह्यारी


नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेका थिए ।





आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे । साँच्चै गोर्खाहरु बहादुर र साहसी छन् ।’-अन्नपूर्ण पोस्ट बाट

,

news and entertainment