प्रधानमन्त्री ओली चीन उड्नै लाग्दा भारतबाट आयो कडा सन्देश !

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानै लाग्दा भारतका एक जना उच्च अधिकारीले चीनबाट केही उपलब्धि नहुने ठोकुवा गरेका छन् ।
भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले यो भ्रमणले कुनै पहाड नखसाल्ने टिप्पणी गरेका हुन् ।
यस्तो छ उनको रुखो टिप्पणीः
‘नेपालका प्रायः प्रधानमन्त्री सुरुमा भारत भ्रमणमा आउँछन्, त्यसलगत्तै चीनमा जान्छन् । यो अघोषित परम्परा नै हो । छिमेकीको हिसाबले चीन भ्रमणमा प्रधानमन्त्री केपी ओलीजी जानु अन्यथा होइन ।
भारतपछि उनी चीन जाने विषय हाम्रो लागि पनि कुनै नयाँ होइन । त्यसकारण प्रधानमन्त्रीको चीन भ्रमणको औचित्य बारे हामीले टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन ।
बुझ्नुपर्ने विषय के हो भने मधेसी दलहरुको नाकाबन्दीको बीचमा नेपाललाई संकट पर्दा चीनले सामान्य परिमाणमा तेलबाहेक सहयोग गरेन । अप्ठ्यारोपमा त सहयोग नगरेको चीनले अब नेपाललाई के सहयोग गर्ला ? नेपाललाई सहयोग गर्ने सन्दर्भमा आफ्नो सीमितताबारे चीनलाई राम्रो ज्ञान छ । उसले नेपाललाई दिने सहयोग चल्दै गर्छ ।
जलविद्युत, पर्यटनमा गर्ने सहयोग छँदै छ । तर, चीनले चामत्कारिक रुपमा नेपाललाई केही गरिदिएला भन्ने मलाई लाग्दैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal


news and entertainment