पाकिस्तानलाई हराएको खुसीयालीमा भारतमा आफ्नै नागरिकमाथि गोली प्रहार !
एजेन्सी– भारतमा जारी टी–२० क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई हराएपछि खुसीयली मनाउन गरिएको फयरिङका कारण एक छात्र घाइते भएका छन् ।
अलिगढ मुस्लिम युनिभर्सिटीमा भएको फायरिङमा गोली लागेका अलिम अहमद को अवस्था गम्भीर रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
फायरिङ कसले गर्यो भन्ने अझै खुल्न आएको छैन । घाइते छात्र एमटेक मेकानिकलका विद्यार्थी हुन् ।
kathmandutoday