नामिबियाविरुद्धको खेल नेपालमै हुने

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामाबिया विरुद्धको खेल नेपालमै हुने भएको छ।
विश्व क्रिकेट परिषद (आइसीसी)का एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला बार्नापुराले किर्तिपुरमा रहेको क्रिकेट मैदानको निरिक्षणपछि खेल नेपालमै हुने प्रतिक्रिया दिएका हुन्। तर, यसबारे आइसीसीले औपचारिक निर्णय लिएको छैन।

शनिबार क्रिकेट मैदान निरिक्षणपछि उनले भने, 'नेपालका लागि यो खुसीको खबर हो,  खेल सम्भवत नेपालमै हुने छ।' तर उनले अझै केहिदिन मैदानको निरिक्षण गर्नेछन्।
उनले आफू फर्किएपछि आइसीसीको बैठकबाट औपचारिक निर्णय लिइने उनले बताए।
केहीसमयअघि नेपालमा खेल सञ्चालन गर्न केही शर्त राख्दै आइसीसीले बार्नापुरालाई नेपाल पठाएको थियो।
यसअघि नेपालमा हुने भनिएको पपुवा न्युगिनीविरुद्धको खेल दुबइमा भएको थियो। पपुवा न्युगिनीविरुद्धका दुवै खेलमा नेपालले पराजय भोगेको थियो भने यसअघि स्कटल्याण्डविरुद्धका दुवै खेल पनि नेपालले गुमाएको छ।
चार खेल गुमाएको नेपाल अंक तालिकाको पुछारमा छ।

 setopati

,

news and entertainment