दशैमा छबिराज र दिपकराजको भिडन्त हुने
निर्माता छबिराज ओझाले चैत्र २६ गते चलचित्र ‘किस्मत २ ‘ प्रदर्शन गर्ने बताएका थिए । तर,उनले मंगलबार रिलिज मिति सारेर दशैको छेको अर्थात् असोज २१ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।चलचित्रका काठमाण्डौ वितरक गोपाल कायस्थले चैत्र २६ बाट सारेर श्रावण २८ गते प्रदर्शन हुने जनाए पनि मंगलबार निर्माताले एफडी कम्पनीसँग संझौता गरेर असोज २१ गते प्रदर्शनको निश्चित गरेका हुन् । निर्देशक ऋशी लामिछानेले भने

अहिले सम्म आधिकारिक रुपमा घोषणा नगरिएको र यो नै आधिकारिक घोषणा रहेको दाबी गरेका छन् । ‘किस्मत २’ को रिलिज मिति सार्बजनिक भए लगत्तै अर्का निर्माता दिपकराज गिरीले पनि अहिले छाँयाकन भईरहेको सिनेमा ‘छक्का पन्जा’ को रिलिज मिति फेसबुकमा लेखेका छन् । निर्माता तथा कलाकार गिरीका अनुसार यो फिल्म ‘किस्मत २’ संग असोज २१ मा भिड्ने भएको छ । पुराना निर्माता छबिराजको रिलिज मिति सार्बजनिक भए लगत्तै दिपकराजले २५ प्रतिशत मात्रै छाँयाकन भएको चलचित्रको रिलिज मिति घोषणा गर्नुले कतै छबि र दिपक बिच कुनै तिक्तता त छैन भन्ने प्रश्न समेत उब्जाएको छ । यसै चलचित्र बाट हाँस्य कलाकार दिपाश्री निरौला निर्देशनमा डेब्यु गरेकी छिन् । शिल्पा पोख्रेल र किशोर खतिवडाले अभिनय गरेको यो चलचित्र दसैंमा आउने पक्का भएसँगै छायांकनमा रहेको चलचित्र ‘छक्का पन्जा’ले पनि सोही मितिमा चलचित्र चलाउने घोषणा गरेको छ । ‘छक्का पन्जा’मा दिपकराज सहित केदार घिमिरे’माग्ने बुढा’,प्रियंका कार्की,बर्षा राउत लगायतका कलाकार मुख्य भुमिकामा छन् । ‘किस्मत २’ मा किशोर खतिवडा र शिल्पा पोख्रेल मुख्य भुमिकामा छन् । हिन्दुहरुको ठुलो चाड पर्बमा नेपाली फिल्मले राम्रो ब्यापार गर्ने भएकाले दशै र तिहारको समयमा फिल्म रिलिज गर्न तछाड मछाड हुने गरेको छ । गत दसैमा ४ वटा सिनेमा प्रदर्शनमा आएका थिए । भने अब आउदो दशैका लागि दुई चलचित्रले रिलिज मिति सार्बजनिक गरिसकेका छन् । अब कति सिनेमा दसैमा ठुलो भाग खोज्न आउने हुन् हेर्न बाँकी छ ।
filmybazar