पोखरामा भीषण असिनापानी
पोखरा, पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ । चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलपूmल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ ।
गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलपूmल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पु¥याएको थियो । रासस